जसपामा अन्तरघातको आरोप लाग्नेमा अधिकांश केन्द्रीय नेताहरु |
काठमाडौँ । गत निर्वाचनमा अन्तरघातको आरोप लाग्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरु रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिबलाल थापा नेतृत्वको छानवीन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरुसँग बयान लिइसकेको छ ।
मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरुसँग बयान लिइसकेको छ ।
सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको छानवीन सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने छ ।
अन्तरघातको आरोप पुष्टि भएमा उनीहरुमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारवाही हुने छ ।



