साओमीका उत्पादनहरु ०% इएमआइमा |
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शून्य प्रतिशत इएमआइमा प्रदान गर्ने भएको छ।
कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो।
साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाले मीले नेपालमा पहिलोपल्ट यस्तो शून्य प्रतिशत इएमआइको सुविधा ल्याएको बताए।
‘देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएका हौँ’, उनले भने, ‘यो अफरसँगै बढीभन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले हाम्रो उत्पादनहरु प्रयोग गर्न पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। त्यस्तै हाम्रा उपभोक्ताहरु पनि यो अफरसँगै बेस्ट मोबाइल डिल पाउन उत्साहित हुनुहुनेछ भन्ने हामीले सोचेका छौँ।’
योसँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमि का टिभी, ल्याप्टप, लगायत स्मार्टफोनमा शून्य प्रतिशत इएमआइको सुविधासँगै आफूलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन्।
यो अफर नबिल बैंकको क्रेडिट कार्डमार्फत खरिद गर्दा ६ महिना सम्मको लागि लागू हुनेछ। त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ।


