कम्बोडियालीलाई नेपाली स्वाद चखाउन प्रदीपले फोनेम पेनमा खोले ‘वर्ल्ड दरबार’ रेष्टुराँ |

काठमाडौं । कम्बोडियाको राजधानीमा फोनेम पेनमा नेपाली रेस्टुरेन्ट ‘वर्ल्ड दरबार’ सञ्चालनमा आएको छ।
गलकोट नगरपालिका हटिया ३, बाग्लुङमा जन्मिएर कम्बोडिया कर्मभूमि बनाएका प्रदिप अधिकारीलगायतका टिमले वर्ल्र्ड दरबार होटल, रेस्टुरेन्ट एन्ड स्काइ बार सञ्चालनमा ल्याएका हुन्।
उक्त रेष्टुरेन्टमा लालसिंह खड्का, खिम खड्का र अधिकारीसहित तीन जनाको संयुक्त लगानी छ।
विगत १० वर्ष अगाडिदेखिको योजना कार्यान्वयनमा ल्याएको सञ्चालक अधिकारीले बताए।
कम्बोडियामा नेपाली खानाको परिकारको स्वाद चखाउन आफूहरुले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनको भनाइ छ।