शपथमा ४ जना सांसद अनुपस्थित |

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदा ४ जना सांसद भने अनुपस्थित भएका छन् ।
संसद सचिवालयका अनुसार महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र राजकुमार राई अनुपस्थिति भएका हुन् । उनीहरुको शपथ पछि हुनेछ ।
सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् ।