सानिमा लाइफ र समिट लघुवित्तको शेयर कारोबार फुकुवा |

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा लाइफ इन्स्योरेन्स र समिट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ ।नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेका दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।
दुवै कम्पनीको आधारभूत शेयरधनीहरुको बाहेक अन्य शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुबै कम्पनीले शेयर कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो ।
कम्पनीको निवेदन अनुसार दुवै कम्पनीको शेयर कारोबार आइतबार देखि खुल्नेछ ।
सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । त्यसयता कम्पनीको शेयर कारोबार रोक्का रहेको थियो ।
यस्तै समिट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएका थियो ।