सानिमा बैंकले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस सेयर दिने |
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.९८% लाभांश दिने घोषणा गरेको छ ।
बैंकको शुक्रबार (कात्तिक ४ गतें) बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र कर तिर्न ०.९८% नगद गरी कुल १०.९८% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
बैंकले हाल कायम ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६ रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।
Visited 1 times, 1 visit(s) today


