आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सेवा सम्झौता |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे ।
आइएमई जनरल इन्स्योरेन्सबाट बीवाइडि ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा सुरूवात गरिएको छ ।
साइमेक्स इंक (Cimex Inc.-BYD)बाट बिक्री वितरण हुने बीवाइडि ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।
कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।
१. आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर, व्हाट्सएपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ ।
२. सवारी साधन द्यथ्म् को सर्भिस सेण्टरमा पु¥याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाइडि कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सोको जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी बीवाइडिबाट भईरहनेछ ।
यसरी सहज र सरल रुपमा सवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्ने हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुवै कम्पनी बीच सेवा सम्झौता भएको छ ।


