कुमारी बैंक र कृष्ण पोलिक्लिनिकबीच सम्झौता |
काठमाडौं । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदहस्थित कृष्ण पोलिक्लिनिकबीच एक सम्झौता भएको छ । जसअनुसार पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौताअनुसार बैंकका ग्राहकले पोलिक्लिनिकबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५०%, एक्स–रेमा १०%, ल्याब टेस्टमा १५%, प्रक्रिया÷ड्रेसिङ शुल्कमा १०% र औषधी शुल्कहरूमा ३–५% छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।


