प्रभु क्यापिटलकाे हितग्राही ग्राहककोलागि विशेष अफर |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भदाै १ गते प्रभु क्यापिटल तथा ट्रांक्विलिटी स्पाकाबीचमा समझौता भएको छ । यस अफर अनतर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रांक्विलिटी स्पाबाट सेवा लिदा ३० प्रतिशत छुट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलकाे डिजिटल एप डाउनलाेड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ । हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको माेबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रांक्विलिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सकिनेछ।
यो अफर हालसम्म एप डाउनलाेड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ । नेपाली पूँजी बजारमा भिडियाे केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकाे बताएकाे छ।


