नेशनल लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८५ रुपैयाँ पाउने |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकिय मूल्यांकनको आधारमा मुनाफामा समित हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।
उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।


