रिडी हाइड्रोपावर को नाफा ५४ करोड ४४ लाख रुपैयाँ |
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ६४७.०४% धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड २८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यो अवधिमा यसले बिभिन्न स्रोतबाट हुने आम्दानी १७ करोड ८७ लाख रुपैयाँबाट बढाएर १ अर्ब १ करोड रुपैयाँ पुर्याएपछि खुद नाफाको रेखा माथितिर लागेको हो ।
यसअवधिमा रिडीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । साविकको रिडी हाइड्रोपावरको ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको ५२ करोड ८ लाख लाख रुपैयाँ चुक्ता पुँजी एकभएपछि यसको पुँजी बढेको हो ।
यस्तै, रिजर्भ कोषमा ५४ करोड ७६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २१ पैसा रहेको रिडीको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०५ पैसा छ ।


