माउण्टेन इनर्जीको नाफा ह्वात्तै बढ्यो |
काठमाडौँ । माउण्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४४५.९४% ले धेरै हो ।
अघिल्लो वर्ष कम्पनीले ११ करोड १९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको खुद नाफाको रेखा माथितिर लागेको हो । अघिल्लो वर्ष यसले १६ करोड ८२ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब १ करोड रुपैयाँ छ । खुद नाफामा आकर्षक सुधार भएपछि यसको प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ ०५ पैसा पुगेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०८ पैसा मात्र थियो । प्रतिसेयर नेटवर्थ पनि १२८ रुपैयाँ ९७ पैसाबाट बढेर १५१ रुपैयाँ ३९ पैसा पुगेको छ ।



