चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’बाट भुक्तानी गर्न सकिने |
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।
नगरपालिकाले एक कार्यक्रमका बीच आइतबारदेखि विद्युतीय कर भुक्तानी ( ई–पेमेन्ट) सेवा सुरु गरेको हो । यो सेवा सुरु भएसँगै ‘आईएमई पे’ मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर भुक्तानी गर्न सक्नेछन् ।
नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी ( ई–पेमेन्ट ) सेवाले आम सेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानीमा सहज हुने विश्वास व्यक्त गरे ।



