इन्टर कलेज फुटसलको उपाधि ब्रिटिस कलेजलाई |
काठमाडौं । तेस्रो ‘द ब्रिटिस कप–२०२२’ इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि द ब्रिटिस कलेजले जितेको छ ।
द ब्रिटिस कलेजको आयोजनामा शुक्रबार भएको उपाधि भिडन्तमा एपेक्स कलेजलाई पेनाल्टी सुट आउटमा हराउँदै ब्रिटिस कलेजले उपाधि जितेको हो । निर्धारित समयमा यी दुईबीचको खेल एक/एक गोलमा सकिए पछि खेलको निर्णय पेनाल्टी सुट आउटमार्फत गरिएको थियो ।
विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ भने उपविजेता एपेक्स कलेजले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवै जनाले १० हजार नगद जिते । प्रतियोगितमा काठमाडौंका विभिन्न कलेजका १३ वटा टिमको सहभागिता रहेको थियो ।


