बैंक अफ काठमाण्डूको ४ प्रतिशतले नाफा बढ्यो |
काठमाडौं । ग्लोबल आइएमई बैंकसँग मर्जर प्रकृयामा रहेको बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ। जुन ४.८६ प्रतिशतले धेरै हो।
बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि सामान्य बृद्धि देखिएको छ। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड रुपैयाँ छ।
खुद ब्याज आम्दानी २३ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा १४ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ५.८३ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ९.२८ प्रतिशतले बढाएको छ।
हाल १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४ पैसा र प्रतिशेय नेटवर्थ १६७.७५ रुपैयाँ छ।


