सिभिल बैंकले गर्यो आकर्षक प्रगति, वितरणयोग्य नाफा १ अर्ब माथि |
काठमाडौं । हिमालयन बैंकमा गाभिन लागेको सिभिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ। जुन १६२ प्रतिशतले धेरै हो।
बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि आकर्षक बृद्धि देखिएको छ। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब रुपैयाँ छ।
खुद ब्याज आम्दानी ६४ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा ४२ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ६.६१ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ५.५७ प्रतिशतले बढाएको छ।
हाल ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा प्रतिशेय नेटवर्थ १३२.४३ रुपैयाँ छ।


