लक्ष्मी बैंकको नाफामा सामान्य सुधार |
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा १.७६% ले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने २५.०६% ले बढेर १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख ७३ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १८.२७% ले बढेर ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, सञ्चालन नाफा पनि २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमश १४ रुपैयाँ ७३ पैसा र १५७ रुपैयाँ ३२ पैसा रहेको थियो ।


