दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमन गर्न माग |
काठमाडौं । नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एसोसिएसनका प्रतिनिधिहरुले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तरको अनुगमन गर्न माग गरेका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई भेटी भेटका क्रममा एसोसियसनले यस्तो माग गरेको हो ।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटेर पेश गरेको ज्ञापनपत्रमा दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चा पदार्थहरूको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने उल्लेख गरिएको छ ।


