कुमारी बैंकका ग्राहकलाई होटल ए-१ लभली स्टारमा आकर्षक छुट |
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले दाङको लमहीस्थित होटल ए–१ लभली स्टारमा आकर्षक छुट पाउने भएका छन् ।
दुवै संस्थाबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत उक्त होटलको लजिङ शुल्कमा १५ प्रतिशत र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका लागि होटल ए–१ लभली स्टारसँग सहकार्य गरी छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।


