सिटिजन्स बैंक र सत्य ओमकार डेन्टलबीच समझदारी |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भैरहवास्थित सत्य ओमकार डेन्टल होमबीच एक सम्झौता भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिनेबारेमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


