एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा वापत १० लाख रूपैयाँ भुक्तानी |
काठमाडौं । एनआईसी एशिया बैंकले कपिलवस्तुका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेको छ । न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका राइदासका परिवारलाई साे रकम हस्तान्तरण गरिएकाे हाे ।
जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको १० लाख रूपैयाँ रकम निजको परिवारलाई भुक्तानी गरिएको हो । निजको पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत १ करोड ८० लाख रूपैायँ, दुर्घटना बीमा वापत ३ करोड रूपैयाँ र मेडिकल बीमा वापत २ करोड ६१ लाख रूपैयाँ गरी कुल ४ करोड ७१ लाख रूपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।


