दरबारमार्गमा पाँच रुपैयाँमै हेयर कट र नेल सर्भिस ! |
काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले आगामी जेठ १३ गते शुक्रवार जम्मा ५ रुपैयाँमा हेयर कट र नेल सर्भिस दिने भएको छ ।
आफनो पाँचौ वार्षिक उत्सवका अवसरमा शुक्रवार हेयर कट र नेल सर्भिस जम्मा रु ५ मा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुले जानकारी दिए ।
वार्षिक उत्सवको अवसर पारेर विगतमा दिभानले पहिलो वार्षिक उत्समा १ रुपैयाँमा , दोस्रोमा २ रुपैयाँमा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन । यसैबीच शुक्रबार पाँचौ वार्षिक उत्सव मनाउँदै दिभानले ५ रुपैयाँमा सेवा दिन लागको सञ्चालक पराजुलीले जानकारी दिए ।
वार्षिक उत्सवको दिन विहान ९ देखी बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ । सो दिन सेवा लिन आउने सवैलाइ ५ रुपैयामानै सेवा दिने पनि दि भानले जानएको छ । यस्तै वार्षिक उत्सवका अवसरमा अरु दिन पनि सम्पुर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिए । दी भान युनि सेक्स सलुनले विगत पाँच वर्षदेखी काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ ।


