९८ वटा औषधि अब निशुल्क पाइने |
काठमाडौं । स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने सरकारले घोषणा गरेको छ ।
आइतवार संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका लागि ७९ अर्ब ३८ करोड रूपैयाँ विनियोजन गरिएको मन्त्री शर्माले जानकारी गराए ।


