पूर्वाधार विकासमा भारतीय लगानी र प्रविधि आवश्यक छ – मन्त्री रामकुमारी झाँक्री |
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छन् ।
पूर्वाधार विकासमा नेपाल अहिले पनि पछाडि रहेकाले पछिल्ला वर्षहरुमा भारतले आधुनिक प्रविधिसहितको सडक, टनेल, पूल, शहरी एवं यातायात पूूर्वाधारमा गरेको प्रगति हाम्रा लागि पनि अनुकरणीय हुने उनले बताइन् ।
निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम एक्सकोनको पूर्वावलोकन कार्यक्रमलाई बुुधवार काठमाडौंमा संबोधन गर्दै मन्त्री झाँक्रीले एक्सकोनमा नेपालको सहभागिता महत्वपूर्ण हुने बताईन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले सो कार्यक्रमको आयोजना गरेको हो ।
नेपालमा पूर्वाधारमा लगानीको ठूलो अवसर छ, प्रदर्शनीको माध्यममार्फत नेपालको पूर्वाधार विकासमा प्रविधि, लगानी आकर्षणका लागि सहयोग गर्न पनि मन्त्रीले आग्रह गरिन् ।
भारतले आफ्नो विकासका साथै नेपालको विकास पनि सहयोग गर्नुपर्नेमा उनको सुझाव थियो ।
एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एशियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो र यसको ११ औं संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुंदैछ ।
सोही प्रदर्शनीका वारेमा जानकारीसहित नेपाललाई उक्त प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एक्सकोनबाट नेपालले पनि फाइदा उठाउने गरी सहकार्य हुनुुपर्नेमा जोड दिए ।
नेपाली निजी क्षेत्रले उक्त कार्यक्रममा भाग लिने विश्वास दिलाए । अध्यक्ष गोल्छाले एक्सकोनबाट नेपालले भरपुर फाइदा लिने गरी सहभागी हुने विश्वास दिलाए ।
अध्यक्ष गोल्छाले भने – भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । भारतले नेपाललाई तेस्रो मुलुकको व्यापारका लागि पारवहन सुविधा दिएको छ । भारतका सार्वजनिक र निजी दुवै क्षेत्रले नेपालमा लगानी गरेका छन् । अत्यन्त नजिकको छिमेकीको नाताले भारतलाई, नेपालको पूर्वाधार विकासमा अझ बढी सहयोग गर्न आग्रह गरे ।
भारतीय राजदूूतावासका प्रथम सचिव (राजनीति तथा शिक्षा) प्रियदर्शनी आर. (Ms. Priyadharsini R.,First Secretary-Pol & Edu) ले नेपालको हरेक विकास प्रयासमा भारतले सहयोग गर्ने बताउांदै एक्सकोन प्रदर्शनीमा परिणामदायीरुपमा सहभागिताका लागि आग्रह गरे ।
यस्तो हुनेछ एक्सकोन कार्यक्रम
कार्यक्रममा जानकारी दिइए अनुसार एक्सकोन ३ लाख वर्ग मिटर डिस्प्ले क्षेत्रफलमा फैलिनेछ र अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, यूएई, दक्षिण कोरिया, सिंगापुर र श्रीलंका जस्ता देशहरू सहित भारत र विदेशबाट १ हजार भन्दा बढी प्रदर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
५ दिने प्रदर्शनीमा विश्वभरबाट ४० हजारभन्दा बढी व्यापारिक आगन्तुकहरुले भाग लिनेछन् ।
कार्यक्रममा एक्सकोनका अन्तराष्ट्रिय प्रचार प्रसार प्रमुख जयदीप शेखरले ] (Taskforce on International Promotions and Management Director – Asia & EMEAR, Terex India) ले एक्सकोन एघारौं संस्करण भएको र यस वर्षको विषयवस्तु “नया संसारको लागि भारत निर्माणः प्रतिस्पर्धात्मकता, विकास“ रहेको बताउंदै प्रदर्शनीबाट नेपाललाई पनि लाभ हुनेगरी सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
भारतीय निर्माण उपकरण उत्पादक संघका पूर्वअध्यक्ष अरविन्द के गर्ग (Chairman, ConMac Nepal, Past President, ICEMA) भन्नुभयो भारतको सबैभन्दा नजिकको छिमेकी भएकोले, भारतबाट निर्माण उपकरणहरू सोर्सिङमा नेपाललाई रणनीतिक फाइदा छ, जसले नेपालका विभिन्न पूर्वाधार आवश्यकताहरूलाई प्रतिस्पर्धी मूल्यमा सस्तो अफरमार्केट सेवाको साथ पूरा गर्न मद्दत गर्ने र यो मेला नेपालका लागि अझ बढी लाभदायक हुने विश्वास दिलाए ।
कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिदै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक्सकोनको पूर्ण सफलताको कामना गरे ।
कार्यक्रममा महासंघका पदाधिकारीहरू, कार्य समिति सदस्यहरु, नेपाली निर्माण व्यवसायीहरू, सरकारी अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
Visited 1 times, 1 visit(s) today


