आरएसडिसी लघुवित्तको नाफा बढ्यो |
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५६ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४.६५ प्रतिशत बढेर ९ करोड ४३ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३३.६४ प्रतिशत र सञ्चालन मुनाफा २४.३४ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २१.९६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी २५.४५ प्रतिशत र कर्जा ४५.२२ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.२ गुणा रहेको छ।


