सिभिल लघुवित्तको अधिकांश सूचकमा सुधार |
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ८१ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९.६२ प्रतिशत बढेर ५ करोड २८ हजार रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्था बढ्दा खुद नाफामा केही दबाब पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.९१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.०७ प्रतिशत र सञ्चालन मुनाफा १५.३८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ९९ लाख रुपैयाँ छुट्याएको छ।
खुद नाफा बढेपनि समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ २ पैसा घटेर २४ रुपैयाँ ४४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हा। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २३.१६ प्रतिशत बढेको छ भने जगेडा कोष ९.२४ प्रतिशत बढेको छ। लघुवित्तको सापटी १०१.३४ प्रतिशत, निक्षेप ६२.०८ प्रतिशत र कर्जा ८०.४५ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.९८ गुणा रहेको छ।


