कृषि विकास बैंकको नाफा ८.०९% घट्यो |
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.०९% ले घटेको हो ।
खुद ब्याज आम्दानी २६.१०% ले बढेपनि इम्पेयरमेन्ट चार्च ह्वात्तै बढेपछि सञ्चालन नाफा ४.६९% ले घटेको छ । जसका कारण खुद नाफा प्रभावित भएको देखिन्छ ।
कृषिको निक्षेप संकलन १.५०% ले घटेको छ भने कर्जा लगानी १८.१७% ले बढेको छ । यता, पुँजी वृद्धि र खुद नाफामा गिरावटका कारण प्रतिसेयर आम्दानी प्रभावित भएको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ७० पैसाले घटेर १६ रुपैयाँ ७९ पैसामा सीमित भएको छ ।


