एमएडब्लु अर्थमुभर्स बन्यो सर्वोत्कृष्ट जेसीबी डिलर |
काठमाडौं । कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो।
जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक शेट्टीले एमएडब्लु अर्थ मुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रूपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु अर्थ मुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै उनीहरुकै साथ र सहयोगमा एमएडब्लु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए ।


