व्यवसायीक जगतका यी व्यक्तिलाई राष्ट्रपतिबाट सम्मान |
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न व्यवसायीहरु सम्मानित भएका छन् । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल, उद्योगी साहिल अग्रवाल, उद्योगी देवी प्रसाद भट्टचन, अम्बिका प्रसाद पौडेल, चेम्बर अफ कर्मशका पूर्वअध्यक्ष सुरेन्द्रविर मालाकार, डा उपेन्द्र महतो र बैकर रविनादेशराज श्रेष्ठ सम्मानित भएका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार संविधान दिवस २०७८ असोज ३ गतेका अवसरमा राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्यगरे बापत यो मानपदवी दिइएको उल्लेख गरेको छ । उक्त सम्मानि हुनेमा सूचीमा अन्य व्यवसायी र बैंकरहरु पनि रहेका छन् । व्यवसायीहरुले जनसेवाश्री पदकबाट सम्मानित भएका हुन ।


