महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सोरुम |
काठमाडौं । डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरमा सो रुमको उद्घाटन गरिएको छ । सो सो रुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्ने कम्पनीले जनाएको छ ।
सो रुम उद्घाटन कार्यक्रममा डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राइटर लक्ष्मीदत्त पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको मौभेरा मनि ट्रान्सर्फरले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सो रुममार्फत दिने सञ्चालक दान सिङ बिष्टले जानकारी दिए ।


