यस बर्षको महाशिवरात्रिमा १० लाख भक्तजन पुग्ने, सवा करोड खर्च हुने अनुमान |
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले २०७८ सालको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा सवा करोड खर्च हुने अनुमान गरेको छ ।
मंगलबार अायोजित पत्रकार सम्मेलनमा कोषले भारतबाट आउने साधुहरुको दान दक्षिणा,मन्दिर सजावट लगायतमा सवा करोड खर्च हुने अनुमानित विवरण सार्वजनिक गरेको हो ।
यस बर्ष शिवरात्रीमा दर्शनका लागि आउने भक्तजन १० लाख पुग्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जनकारी दिए ।
मेला भर्न आउने दर्शनार्थीको सुरक्षाको लागि करिव १० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी काेषकाे छ ।


