राष्ट्र बैंकद्वारा आयातमा थप कडाई, थप ४७ प्रकारका वस्तु आयातमा कडाइ | ४३ बस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ प्रकारका वस्तुको आयातमा कडाइ गरेको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले गेडागुडी, पिठो, पिना, कपडा, मेटल, ड्राइ फ्रुटसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको हो ।
केन्द्रिय बैंकले बुधबार एक परिपत्र जारी गर्दै ४३ समूहकाे विभिन्न बस्तुको आयातमा शतप्रतिशतमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ भने टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।
यसअघि केन्द्रिय बैंकले २० वटा समूहकाे ३ सयभन्दा बढी समूहकाे बस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।
पछिल्लो समय आयात बढेपछि विदेशि बिनिमय सञ्चिति निरन्तर घट्दै गएको छ जसले गर्दा केन्द्रिय बैंकले पछिल्लो समय आयातमा कडाई गर्ने नीति लिएको छ।
बैंकहरुले आयात गर्ने सुन, उद्योगिले आफ्नै प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थ, औषधिजन्य बस्तु लगायतमा भने यो व्यवस्था लागु हुने छैन्।


