भिडियो ब्लग मार्फत नेपालको अन्तरराष्ट्रिय प्रचार | पर्यटन प्रर्वद्धनमा नयाँ आयाम थपिने ː डा. रेग्मी
काठमाडौं । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्युनिकरणका लागि विश्वसमुदायको ध्यान आर्कषित गर्न नेपालमा आयोजना गरिएको बल्र्ड ब्लग च्यालेन्ज अन्र्तगत विश्वका चर्चित बल्गर्सका भिडियोहरू सार्वजनिक गरिएको छ । पार्टी नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड,संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र एसिमोड लगायतका संस्थाहरुको प्रर्वद्धनमा गत कात्तिक ३ देखि ११ गतेसम्म विभिन्न देशका ११ जना ब्लगरहरूले खुम्बु क्षेत्र र सगरमाथा आधार शिविर पुगेर खिचेका थिए ।
११ जना ब्लगर मध्ये ६ जना ब्लगरहरूले एक हप्तासम्म सो क्षेत्रमा रहेर तयार पारेका भिडियोहरु काठमाडौंको प्रिमियर सो मार्फत प्रदर्शन गरिएको थियो । आयोजकका अनुसार प्रर्दशन गरिएका ब्लगहरूमध्ये उत्कृष्ट तीनवटालाई नगद पुरस्कार प्रदान गरिने छ । मंगलबारबाट सुरु हुने पब्लिक भोटिङमार्फत उत्कृष्ट पाँच ब्लग छानिने र त्यसपछि निर्णायक टोलीले तीनवटा सर्वोेत्कृष्ट ब्लग छानेर पुरस्कार प्रदान गर्ने मंलगबार काठमाडौंमा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिइयो । उत्कृष्ट भिडियो ब्लग पहिलोलाई ५० हजार अमेरिकी डलर ( करिब रू.६० लाख) ,दोस्रोलाई ३० हजार अमेरिकी डलर (करिब रू.२६ लाख ) र तेस्रोलाई २० हजार अमेरिकी डलर (करिब रू.२४ लाख) प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । बल्र्ड ब्लग च्यालेन्जकालागि नेपाल सहित भारत,कोलम्बिया, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकाका ब्लगरहरू सहभागि भएका थिए । उनीहरूलाई वल्र्ड ब्लग च्यालेन्जको सामाजिक सञ्जालहरूमा गएर भोट गर्न सकिने आयोजकले जानकारी दिए ।
प्रिमियर सोका क्रममा आयोजित पत्रकार सम्मलेनमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यो प्रतियोगिताले जलवायु परिवर्तनका मुद्धालाई अन्तरराष्ट्रियकरण गर्र्नुका साथै नेपाललाई विश्वसामु थप परिचित गराउन तथा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पु¥याउने बताए । ‘नेपाल आफंैमा विशिष्ट पहिचान भएको मुलुक हो । बोर्डले विभिन्न कार्यक्रमका माध्यमबाट नेपालको प्रवद्र्धन गर्दै आइरहेको छ । यद्यपी यो कार्यक्रम अझ प्रथक भएकोले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन थप बढी प्रभावकारी हुने विश्वास छ ।’ उनले भने ।
यस्तै पार्टी नेपालका अध्यक्ष श्री गुरुङले कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान खिच्नु रहेपनि यसबाट नेपालको पर्यटन प्रवद्र्धन समेत हुने बताए । विश्वविख्यात आरोही तथा ब्लर्ड ब्लग च्यालेन्लका टिम लिडर मिङमा डेभिड शेर्पाले नेपालका हिमालहरुमा निरन्तर ग्यासियर पग्लिने क्रम बढ्दै गएकोले यसले भविष्यमा मानविय संकट ल्याउने तर्फ विश्य समुदायलाई सचेत गराउन आवश्यक भएको भन्दै यो प्रयासले त्यसकालागि सहयमेगी हुने बताए ।


