‘उद्यमशीलता टक शृङ्खला फर्मिङ्ग अ ड्रिम’ सम्पन्न |
काठमाडौं । करिब ११० को जना सहभागी रहेको हल्टको दोस्रो कार्यशाला ‘उद्यमशीलता टक शृङ्खला फर्मिङ्ग अ ड्रिम’ सम्पन्न भएको छ । कार्यकममा फोर्ब्सका ३० वर्षमुनिको सूचीमा परेका किरण तिम्सिना र शुभाङ्गी राणाका साथै राष्ट्रिय पुरस्कार विजेता क्षितिजराज लोहनी अतिथिका रुपमा रहेका थिए । कोभिडलाई मध्यनजर गर्दै कार्यक्रम भर्चुअलमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै हल्ट प्राइजकी मिडिया कभरेज प्रबन्धक सुनीति श्रेष्ठले कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा युजी बजारका प्रमुख कार्यकारी निर्देशक किरण तिम्सिनाले सबैभन्दा बढी प्राथमिकता सह–संस्थापकहरुको चयन र समूहवाद रहेको बताए । उनले कुनै पनि टिमको जीवनकाल अन्त उद्देश्यमा र स्पेस एक्सजस्ता कम्पनीहरु पनि एकल रुपमा सफल नभएको उल्लेख गरे ।
यसैगरी नेपालमा महिनावारी स्वास्थ्य व्यवस्थापनलाई समग्र रूपमा प्रबर्द्धन गर्ने प्याड २गो की संस्थापक शुभांगी राणाले संस्था स्थापना गर्दै गर्दा आइपरेका समस्या, चुनौती तथा मौकाहरुबारे समेट्दै टिम निर्माण गर्दा प्राथमिक रुपमा आफैँले सार बुझ्नुपर्ने विचार व्यक्त गरिन् ।
यस्तै ‘किञ्जल स्पेस’ नामक अन्तरिक्षको छेउमा नेपालको झण्डा फहराएका राष्ट्रिय युवा पुरस्कार विजेता क्षितिजराज लोहनीले वार्तालापबमटै सबै समस्याको समाधान रहेको भन्दै टिममा केही उतारचढाव आएमा सुझाव र आलोचना दिन सक्नुपर्ने बताए ।
उक्त कार्यक्रममा स्टार्ट अपका कानूनी प्रक्रिया, आवश्यक्ता परिपूर्ति, आपसी मनमुटाव, लगानी, विषाक्त वातावरण र शक्ति गतिशीलताबारे छलफल भएको थियो ।


