नेपाल टि एसोसिएसनको अध्यक्षमा कमल मैनाली निर्वाचित |
काठमाडौं । नेपाल टि एसोसिएसनको अध्यक्षमा कमल मैनाली निर्वाचित भएका छन् । शुक्रबार भएको एसोसिएसनको तेस्रो साधारण सभाबाट मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौंमा भएको नेपाल टि एसोसिएसनको तेस्रो साधारणसभाबाट निर्वाचनले नयाँ नेतृत्व चयन भएको हो । महासचिबमा केदार मनि पौडेल निर्वाचित भएका छन् भने सहअध्यक्ष पवन खेतान र कोषाध्यक्ष यम राई भएका छन् ।


