पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश |
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
बुधबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ । छलफलमा कारबाही गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न भनिएको छ।
रेग्मीमाथि त्रिभुवन विमानस्थलन भन्सार कार्यालयका एक कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि छानबिन समिति बनाइएको थियो । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समिति गठन गरेर प्रक्रिया अघि बढेसँगै उनी निलम्बनमा परेका थिए । रेग्मीले पुस १३ गते आफूलाई गैरकानुनी रुपमा निलम्बन गरिएको भन्दै रिट दायर गरेका थिए ।


