२३६ जना कोरोना संक्रमित थपिए, २७२ जना संक्रमणमुक्त |
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपटेड अनुसार ७ हजार २३३ पीसीआर परीक्षणमध्ये २१७ जनामा र ४ हजार ४३ एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पाइएको हो ।
बुधबार देशभरमा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ । यसैगरी सो अवधिमा २७२ जना संक्रमणमुक्त भएका छन् ।
आज काठमाडौं उपत्यकामा १२५ जना संक्रमित थपिए जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा १३, ललितपुरमा ३३ जना छन्।हाल देशमा सक्रिय संक्रमण हुनेको कुल संख्या ५ हजार १८५ रहेको छ भने क्वारेनिटनमा हुनेको संख्या बढेर १०७ पुगेको छ ।


