सुनको भाउ एकैदिन १ हजार रुपैयाँले वृद्धि |
काठमाडौं । सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । पुस महिना लागेसँगै सुनको भाउ बढेको हो । पुस २ गते, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन पनि उकालो लाग्दा प्रतितोला ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदैछ । बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढोत्तरी भएर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो । पछिल्लो २ दिनमा सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।
साताभरमा सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको भाउ निरन्तर उकालो लागि नै रह्यो ।
शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २३५ रुपैयाँ तोकिएको थियो । यो साता चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि चाँदीको मूल्य लगातार उकालो लागेको हो ।



