मुक्तिनाथ विकास बैंकको सीएसआर : संस्था र व्यक्तिहरूलाई आर्थिक सहयोग |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मंसिर महिनामा संस्था र व्यक्तिहरूलाई आर्थिक सहयोग गरेको छ । बैंकले ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माण निम्ति १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
यसैगरी, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरूमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई, सोही आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरूलाई निःशूल्क टेबलटेनिस तालिम दिन बैंकले ४० हजार रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ । बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स र मिस्डकल बैंकिङ्ग लगायत सेवा पनि उपलब्ध गराएको छ ।


