जस्मिन पेन्ट्सद्धारा साइग्रेस पोखरेलसँग रणनीतिक साझेदारीको घोषणा |
काठमाडौं । २७ वर्षभन्दा बढी समयदेखि, जस्मिन पेन्ट्सले सबैभन्दा प्रख्यात र उच्च गुणस्तरको रंगहरु उत्पादन गरि राष्ट्रको सेवा गर्दै आएको छ । चितवनबाट सुरु भएको ब्रान्ड अहिले देशैभर स्वीकृत र प्रशंसित छ । स्वदेशी उत्पादनहरु सिर्जना गरि स्वदेशमै रोजगारी अवसर प्रदान गर्ने, आत्मनिर्भर बन्ने उदेश्य बोकेको मनकामना ग्रुपको जस्मिन पेन्ट्स सहित फरक उत्पादनका अन्य ७ कम्पनी रहेका छन् ।
जस्मिन पेन्ट्सलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्रदान गरिँदै आएको छ । यो नेपालका रंगहरु मध्ये पहिलो स्थानमा पर्छ ।
जस्मिन पेन्ट्सले गर्वसाथ बहुमुखी तथा लोकप्रिय नेपाली स्टोरी टेलर साइग्रेस पोखरेलसंग रणनीतिक साझेदारीको घोषणा गरेको छ । उनले यस कलात्मक कथाको माध्यमबाट नेपाली जनतामा सामाजिक प्रभाव सिर्जना गरेका छन् ।
एसोसिएसनमा टिप्पणी गर्दै साइग्रेसले भने, “स्वदेशमै उत्पादन गर्ने प्रयासलाई म हृदय देखि समर्थन गर्छु । नेपाली ब्रान्डको हिस्सा हुन पाउँदा म हर्षित छु ।”
साइग्रेसलाई बान्डसंग जोडेकोमा जस्मिन पेन्ट्सका प्रबन्धकले भने, “साइग्रेसको व्यक्तिवको साथ पाउँदा हामी उत्साहित छौँ । हरेक उमेर र भूगोलका नेपालीहरुले उहाँलाई मन पराउँछन् र सुन्छन् । उहाँ हाम्रो ब्रान्डको मूल्य र मान्यतामा पूर्ण फिट हुनुहुन्ट र हामी उल्लेखनीय कामहरुका लागी सधैँ तत्पर छौँ ।”
Visited 2 times, 1 visit(s) today


