टिडीओ नेपालको ‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टको विजेताहरू घोषणा |
काठमाडौं । टिडीओ नेपालले ‘एसएमएस गरौं बाइक जितौं’कन्टेस्टको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । यही मङ्सिर २३ गते काठमाडौंमा एक समारोह आयोजना गरी टिडीओ नेपालले सो पुरस्कार वितरण गरेको हो ।
टेलिनेट प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसाद शाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा बोल्दै नभन्कर सुदले भने, “टिडीओ नेपालको एमहेल्थ जस्ता पहलहरूले हरेक दिन हाम्रो सेवाको प्रयोगकर्ताहरुमा वृद्धि ल्याइरहेको छ । टिडीओ नेपालको सबै स्वास्थ सम्बन्धित सेवाहरु ग्राहकहरुले आकर्षक मूल्यमा रोजेको भाषा मार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्नुहुन्छ । निरन्तर विस्तार भइरहेको यो सेवा स्वास्थ्य अनुगमनको महत्वको बारेमा चेतना फैलाउँदै आज नेपालभरी एनसेलको व्यापक कभरेजको मद्दतले धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको छ ।”
उक्त कार्यक्रममा ‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो । विजेताहरुको पूर्ण नामावली टिडीओ नेपालको वेबसाइटमा समेत हेर्न सकिन्छ । महामारीको कारणले यो कार्यक्रमको आयोजना तीन महिना पछि सारिएको थियो ।
एसएमएस गरौं बाइक जितौं
एनसेलसँगको सहकार्यमा टिडीओ नेपालले २४ जेठ २०७८ मा स्वास्थ्य तथा कल्याण शिक्षा र सचेतनाको लागि एक विशेष प्रतियोगिता शुरु गरेको थियो ।
यस पहलले उपभोक्ताहरुलाई महामारीको समयमा के गर्ने र नगर्ने बारे जानकारी मात्र नदिइ घरमै बसेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन पनि गरेको थियो । यस सेवाले महामारीमा नेपालभरका आफ्ना प्रयोगकर्ताहरुलाई २० हजारभन्दा बढी परामर्श सेवा प्रदान गरेको थियो ।
टिडीओ नेपाल एक डिजिटल स्वास्थ्य सेवा हो जसले लाभदायी र उपयुक्त स्वास्थ्य, कल्याण र फिटनेस सामाग्री प्रदान गर्दै नेपालका डाक्टरहरुसँग असीमित परामर्श प्रदान गर्दछ ।


