वाग्मती सभ्यता एकिकृत विकास समितिलाई वाग्मती सफाइ महाअभियाानका तर्फबाट दिइयो नौ बुँदै ज्ञापन पत्र |
काठमाडौं । विगत नौ वर्षदेखि वाग्मती सरसफाई अभियन्ताहरु वाग्मती सरसफाइ स्वयमसेवी महा अभियानमा निरन्तर खटेको छन् । वाग्मती सरसफाइ महाअभियान विशुद्ध स्वयमसेवाको भावनाले प्रेरित राष्ट्रिय जागरण तथा गौरवको महाअभियान हो । यस अभियानमा दश लाख भन्दा धेरै स्वयमसेवकहरुले योगदान गरी सकेका छन । यस महाअभियानको अनुसरण गर्दै देशैभरी १०० भन्दा वढि स्थानमा विभिन्न प्रकारका सरसफाइ अभियानहरु शुरु भए छन् ।
तर, दुर्भाग्य वाग्मती सभ्यताको संरक्षण तथा उपत्यकाका नदीनालालाई ढलमुक्त गराउने जिम्मेवारी बोकेको सरकारी निकाय र फोहरमैला ब्यवस्थापनको मुख्य जिम्मेवारी बोकेका स्थानीय निर्वाचित सरकारहरुको गैरजिम्मेवारी, लापरबाही, अकर्मण्यता र बदमाशीले आम नागरिक हैरान भएका छन् ।
२०५२ सालमा वाग्मती सभ्यता जोगाउने तथा उपत्यकाका नदीनालाहरुलाई ढलमुक्त बनाउने उद्देश्यले स्थापना भएको यो अधिकार सम्पन्न समितिले विगत २६ वर्षमा १४ अर्व भन्दा वढि रकम खर्च गर्दा पनि एक किलोमिटर नदी क्षेत्रलाई पनि ढलमुक्त बनाउन सकेको छैन । सरसफाइ महाअभियान चलिरहेकै समयमा वाग्मतीका मनोहरा दोभान, बुद्धनगरको धोविखोला दोभान, ललितपुरको कुपण्डोल तल्लो स्तर र विष्णुमतीको टंकेश्वर क्षेत्रमा यस समितिले विभिन्न संघसंस्थालाई भौतिक संरचना निर्माण गरी कतिपय ठाऊँमा त तालाचावी लगाएर घर संरचनाको व्यवसायिक प्रयोग गर्न दिइएको छ ।
यस्तो गैरजिम्मेवार र भष्ट्राचारजन्य कृयाकलापको निन्दा गर्दै त्यस्ता संरचना निर्माणमा तत्काल रोक लगाउन र बनाएका संरचना भत्काएर नदी किनाराका सार्वजनिक जग्गा रक्षा गरी सौंदर्यीकरण गर्न माग गर्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिलाइ ज्ञापन पत्र दिइएको छ ।
हाम्रो आग्रहː
१) सबै नदी किनाराका निर्माणाधीन भौतिक संरचनाहरु थप निर्माणमा तुरुन्त रोक लगाइयोस ।
२) गतविगत देखि त्यस्ता संरचना निर्माण गर्न स्वीकृत दिने र त्यस्ता संरचनामा निजी जस्तै तालाचावी लगाई विभिन्न संस्थाका गतिविधि गर्ने जस्ता भष्ट्राचारजन्य काम गरेकोमा छानविन गरी आवश्यक कानूनी कार्यवाही गरियोस ।
३) वाग्मती, रुद्रमती, विष्णुमती लगायत काठमाडौका अन्य नदीनालालाई ढलमुक्त गराउने कार्य योजना सार्वजनिक गरियोस । विगतमा वनाइएका कमसल निर्माण तथा संरचनाबाट भएको हानीनोक्सानीको निष्पक्ष छानविन गरी दोषि उपर कार्यवाही गरियोस ।
४) नदीमा कुनै पनि फोहर फ्याक्ने कार्य तुरुन्त रोकी फोहर गर्नेलाई ठाऊँकाठाऊँ दण्ड गरियोस ।
५) नदी किनाराका अतिक्रमित जग्गा २०२२ सालको नापी बमोजिम अतिक्रमण हटाई नदीको बहाव क्षेत्र कायम गरियोस र, बगैंचा तथा हरियाली बनाई सौंदर्यीकरण गरियोस ।
६) नदी किनारमा कंक्रिट पर्खाल ठड्याएर नदीलाई कुरुप नहर बनाउने काम तुरुन्त बन्द गरियोस । परंपरागत सिढी तथा घाटशैली निर्माण गरियोस ।
७) नदी किनाराका सम्पदा संरक्षण तथा मर्मत संभार गर्ने कार्यलाई प्राथमिकतामा राखियोस ।
८) हाल सम्म भएको ठूलो खर्च रकमको उपलव्धी नगन्य भएकोले निश्पक्ष छानविन गरि दोषिलाई दण्ड दिइयोस ।
९) यी सबै कार्यहरु पारदर्शि ढंगले समुदायको सहभागितामा गरियोस ।
धन्यवाद ।
वाग्मती सफाइ महाअभियानमा संलग्न सबै अभियन्ताहरु २०७८।०८।१४
Visited 1 times, 1 visit(s) today


