नेपाल-युएई विजनेस काउन्सिल गठन |
काठमाडौं । नेपाल –युएई विजनेस काउन्सिल गठन भएको छ । बिहिबार काठमाडौं स्थितयुएई दुताबास र सिइयो क्लव ग्लोबलले सेन्टर फर डिप्लोम्याटिक डाइलगको सहकार्यमा सो घोषणा कार्यक्रम आयोजना गरेका हुन्।
नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्जवल जङ पाण्डेको अध्यक्षतामा नेपाल युएई बिजनेस काउन्सिल गठन गरिएको आयोजकले जनाएका छन् । अध्यक्ष पाण्डेको अध्यक्षतामा रहेको सो बिजनेस काउन्सिलमा बरिष्ठ उपाध्यक्षमा बश्रुधिन अन्सारी, प्रथम उपाध्यक्षमा डा राजेन्द्र के सि, द्वितीय उपाध्यक्षमा डा सुबोध कुमार गुप्ता, तृतिय उपाध्यक्षमा रघुनाथ पुरी र महासचिवमा मनोज गोयल रहेका छन्। त्यसैगरी सचिवमा प्रकाश न्यौपाने,विशेष सदस्यहरुमा पुरुशोतम न्यौपाने, अजय सिंह कार्की र देवेन्द्र गिरी रहेका काउन्सिलले जनाएको छ ।
बरिष्ठ उपाध्यक्ष अन्सारी निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालकाअध्यक्ष हुन् भने उपाध्यक्ष डा. के सि साउथ वेष्टर्न शिक्षा समुहका संस्थापक हुन् । द्वितीय उपाध्यक्ष डा सुबोध कुमार गुप्ता विरगञ्ज उद्दोग वाणिज्य संघकाअध्यक्ष हुन् भने तृतिय उपाध्यक्ष रघुनाथ पुरी रिभर ग्रुप अफ कम्पनीजकाअध्यक्ष हुन् । त्यसैगरी महासचिव मनोज गोयल मारुती सिमेन्ट र बुटवल सिमेन्टका कार्यकारी निर्देशक र सचिव प्रकाश न्यौपाने एक्सप्लोरबाइ टेक्नोलोजिका अध्यक्ष हुन् । विशेष सदस्यहरुमा पुरुशोतम न्यौपाने युएचएस होल्डिङका संस्थापक हुन् भने अजय सिंह कार्की प्रसिद गु्रप अफ कम्पनिजका अध्यक्ष हुन् । त्यसैगरि देवेन्द्र गिरी मनाङ होटलकाअध्यक्ष हुन् ।
अब काउन्सिलको एक प्रतिनिधिमण्डल युएईमा गई त्यहाँको चेम्बर अफ कमर्ससँग सहकार्यको सम्झौतागर्ने कार्यक्रम रहेको काउन्सिलले बताएको छ । साथै युएईबाट एउटा प्रतिनिधिमण्डल नेपाल बोलाउने पनि काउन्सिलका संरक्षक डा.शम्भु पोखरेलले जनाएका छन् । काउन्सिलको प्रमुख संरक्षकमा नेपाल स्थित युएई राजदुत साईद हमदान अल नक्वीर संरक्षकमा सिइयो क्लव ग्लोबल नेपाल चेप्टरका अध्यक्ष तथा सेन्टर फर डिप्लोम्याटिक डाइलग (सेडिड) का अध्यक्ष डा.शम्भु पोखरेल रहने काउन्सिलले जनाएको छ।
Visited 1 times, 1 visit(s) today


