अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रको विकास इर्ष्या गर्न लायक भइसक्यो : अर्थमन्त्री शर्मा |
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इर्ष्या गर्न लायक विकास भएको बताएका छन् ।
सोमबार चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इर्ष्या जागेको बताए ।
‘यो इर्ष्या भनेको सकारात्मक इर्ष्या हो, देशभर सबैले सिक्न लायक विकास हो’, उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डको निर्वाचन क्षेत्र र भरतपुर महानगरपालिको विकास इर्ष्या गर्न लायक भइसक्यो । अन्य महानगरपालिकालाई पनि यस्तै विकसित बनाउने अर्को चुनौति छ ।’ भरतपुर महानगरको विकासबाट मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको उनले बताए ।
मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । यस्तै भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


