मेगा बैंकको शाखा अब काँकडभिट्टामा पनि |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो बैंकको २०२ औं शाखा हो ।
मेगा बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा यस्ता १५ वटा नयाँ शाखा विस्तार गरिसकेको जनाएको छ ।


