बैंक अफ काठमाण्डूद्वारा अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
बैंकले विश्व महामारीको रूपमा रहेको कोरोना भाइरस कोभिड-१९सँग लड्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बैंकले व्यक्तिगत सुरक्षात्मक उपकरण, मास्क, सर्जिकल ग्लोब्स र सेनिटाइजरहरू हस्तान्तरण गरेको छ ।
प्रदेश नं १ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्र्तगत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा सञ्चालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र किर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा सो सामग्री वितरण गरेको हो ।
त्यस्तै, सुदुरपश्चिम प्रदेश अन्र्तगत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहका बिच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीहरूद्वारा उक्त स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।
उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो समाजिक उत्तरदायित्वअन्र्तगत स्वास्थ्य, शिक्षा, दैविक प्रकोप, वित्तीय साक्षरता लगायत थुप्रै क्षेत्रहरूमा अग्रसर भई सबै प्रदेशहरूमा समानुचित रूपमा सहयोग हस्तान्तरण गरिरहेको छ ।


