नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्ल र वंगलादेशका राजदूत सल्लाहुद्धिनबीच भेटघाट |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र वंगलादेशका महामहिम राजदूत सलाहुद्धिन नोमन चौैधरी बीच चेम्बर भवन जमलमा आज भेटबार्ता भएको छ । वंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलाइ चेम्वर भवनमा स्वागत गर्दै चेम्वर अध्यक्ष राजेन्द्र मल्लले नेपाल र बंगलादेश भौगोगिक रुपले धेरै नजिक भएता पनि दुइ मुलुक वीच अपेक्षित रुपमा व्यापार सम्वन्धमा वढ्न नसकेको बताए।
उनले सार्क, बिम्सटेक, बिबिआइएन जस्ता बहुपक्षीय फोरमहरूमा नेपाल तथा बंगलादेश एकअर्कालाई सहयोग गर्दै आइरहेको बताए यस। भेटघाटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल र बंगलादेश वीच आर्थिक सम्वन्ध वृद्धि गर्न प्रसस्त संभावना रहेको बताउदै विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता, व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्क तथा वंगलादेशमा नेपाली मालवस्तुको आयातमा सुबिधायुक्त प्रवेश भएमा दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने सुनाए।
नेपाल र वंगलादेश वीच ,सडक तथा रेल्वेको माध्यमबाट पनि सोझै आयात तथा निर्यात गर्न सकिने भएकोले यस तर्फ दुवै मुुलुकले संयुक्त रुपले पहल गरिनु पर्ने मल्लले बताए।
सो अवसरमा अध्यक्ष मल्ल बंगलादेशको अर्थतन्त्रले दु्रततर गतिले अघि वढि रहेको सन्दर्भमा नेपालले जलबिद्युत निर्यात गर्न सक्ने संभावना रहेकोले वंगलादेशबाट उर्जा क्षेत्रमा लगानी हुन सकेमा दुवै पक्षलाइ फलदायी हुने बताए।
सो अवसरमा राजदूत सल्लाहुद्धिन नोमन चौधरीले नेपाल भौगोलिक रुपले वंगलादेशको तेश्रो निकटतम मुलुक भएको दर्शाउदै यो निकटता आर्थिक सम्वन्धमा प्रतिबिम्वित हुन नसकेको बताए।
वंगलादेशले नेपालबाट आयात गर्न सकिने वस्तु महंगोमा तेश्रो मुलुकबाट आयात गरेको बताउदै नेपाली मालवस्तुको आयातमा सुबिधायुक्त प्रवेशको लागि सम्वन्धित निकायमा छलफल गरिने बताए।
वंगलादेशले तयारी पोशाक तथा औषधीको उत्पादनमा बिशिष्टता हाशिल गरि सकेको हुंदा सो क्षेत्रमा बिदेशी लगानी आउन सक्ने संभावना बताउदै सोको लागि सुबिधायुक्त बिशेष आर्थिक क्षेत्र उपलब्ध हुनु पर्ने र उर्जा क्षेत्रमा पनि वंगलादेशले लगानी गर्ने सम्भावना रहेको उनले बताए।
नेपाल वंगलादेश वीच २० वटा निकासी योग्य वस्तुहरुमा पारस्परिक रुपमा सुबिधायुक्त प्रवेशको लागि पहल भइरहेको बताउदै प्रस्तुत व्यवस्था दुवै पक्षबाट सहमति भएमा दुइ मुलुक वीचको आर्थिक सम्वन्ध बिस्तार हुने बताए। उक्त अवसरमा वंगलादेश दुतावासका उप नियोग प्रमूख इस्राप जहां र नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष द्धय दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठ एवम कार्य समिति सदस्यहरु सन्तोष कुमार पाण्डे, पर्शुराम दाहाल तथा निरज राइको पनि उपस्थिति थियो ।


