बैंकहरुको निक्षेप सातामा ३८ अर्बले बढ्दा कर्जा माग ३९ अर्बले बढ्यो |
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन गएको एक हप्तामा मात्र ३८ अर्बले वृद्धि भएको छ ।
बैंकर्स संघको सोमबार जारी गरेको रिपोर्ट अनुसार गत असोज ८ देखि १५ गतेसम्म बैंकहरुले ३८ अर्बले निक्षेप वृद्धि गर्दै ४२ खर्ब १८ अर्ब रुपैयाँ पुर्याएका हुन् ।
यस्तो दर अघिल्लो हप्ता गत असोज ८ गतेसम्म बैंकहरुले कुल ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
यस्तै, यता कर्जा लगानी तर्फ पनि बैंकहरुले समीक्षा अवधिमा ३९ अर्ब रुपैयाँले वृद्धि गरेको बैंकर्स संघले जनाएको छ ।
गत असोज ८ गतेसम्म ३९ खर्ब ३ अर्ब लगानी गरेका बैंकहरुले असोज १५ गतेसम्म ३९ अर्बले कर्जा लगानी वृद्धि गर्दै ३९ खर्ब ४२ अर्ब पुर्याएका छन् ।


