ह्वावेले ‘आईसीटी पुरस्कार २०२१’ लाई प्रायोजन गर्दै |
काठमाडौं । ह्वावेले यस वर्ष डिसेम्बरमा आयोजना हुने आईसीटी अवार्डको प्रायोजन गर्ने भएको छ ।
स्टार्टअप एन्ड इनोभेसन फेस्ट २०२१ मा पनि उपस्थित जनाएको ह्वावेले आईसीटी अवार्डमा एसोसियट प्रायोजन गर्ने भएको हो । नेपालको आईसीटी उद्योगको विकासलाई बढावा दिन यस्ता कार्यक्रमहरुलाई समर्थन गर्न जरुरी गरेको ह्वावेले जनाएको छ ।
आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले ह्वावेको सहयोगको प्रशंसा गर्दै आईसीटी अवार्ड र स्टार्टअप फेस्टमा ह्वावेको सहकार्यले नेपाली स्टार्टअप, इनोभेशन र ट्यालेन्ट्सलाई प्रवर्धन गर्न ठुलो सहयोग पुगेको बताए ।
ह्वावे क्लाउडका प्रमुख इवान मोले नेपालमा आईसीटी उद्योगको लागि एक रोमाञ्चक समय रहेको र यसले स्टार्टअप कल्चर र डिजिटल नेटिभ व्यवसायहरूको बृद्धिमा मद्दत गर्ने बताए । आईसीटी उद्योगमा ३ दशक भन्दा बढीको अनुभवसँगै ह्वावे क्लाउड एक छिटो बढ्दो सार्वजनिक क्लाउड सेवा प्रदायक बनेको बताए ।


