ल्याटिन एबीएस सर्भिस सेन्टरमा मेगा बैंकका खातावालालाई ३० प्रतिशत छुट |
काठमाडौं । दुई पाङ्ग्रे सवारी साधनको बिक्री वितरण गर्दै आइरहेको ल्याटिन एबीएस सर्भिस सेन्टरले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा शुरु गरेको छ ।
कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङ चोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुट सहितको सेवा शुरु गरेको छ ।
कम्पनीले मेगा बैंकका खातावाला कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्ट्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटि सहितको सेवा उपलब्ध गराउने भएको छ ।
कम्पनीले मेगा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताहरूलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।
कम्पनीले मेगा बैंकमा खाता भएका दुई पाङ्ग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।


